PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हेटौंडा अस्पतालमा सुरु भयो डायलासिस सेवा



हेटौंडा अस्पतालमा सुरु भयो डायलासिस सेवा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए।

सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन्। हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा र युनिलिभरले २ वटा डायलासिस मेशिन सहयोग गरेका हुन्।

वाग्मती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौंडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो। यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो।

मकवानपुरका करिब ५३७ जना बिरामीले डायलासिस सेवा अन्य जिल्लाबाट लिँदै आएका थिए। अब भने यो सेवा हेटौंडामानै सुरु भएपछी सेवाग्राहीले खुसी व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell