PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओली समूह र प्रतिपक्षीको विरोधकै बाबजुद सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित



ओली समूह र प्रतिपक्षीको विरोधकै बाबजुद सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। प्रतिपक्षी दल र सत्ता साझेदार एमालेकै ओली समूहको असहमतिका बाबजुद सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको हो।

सत्ताको किचलोमा व्यस्त सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले बजेटको विरोध गर्दै आएका थिए। त्यस्तै, सत्ता साझेदार एमालेकै ओली समूहका ७ सांसदले पनि पार्टी केन्द्रको सर्कुलर अनुसार यसको विरोध गर्दै आएको थियो। तर, आजको प्रदेश सभा बैठकमा उनीहरूको असहमतिकै बाबजुद बहुमतबाट बजेट पारित भएको हो।

बजेट पारित हुनुअघि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा हतारमा बजेट ल्याउँदा केही कमजोरी भएको स्वीकार गरेका थिए। तर, तीनलाई क्रमशः सुधार गर्दै र विपक्षीका मागहरू सम्बोधन गर्दै जाने उनको भनाइ छ।

मन्त्री शाहले गत असार १ गते आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell