काठमाडौं : नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै हुँदा अहिले नेताहरु छलफलमा जुटिरहेका छन्। सभापति शेरबहादुर देउवाले फेरि पार्टी नेतृत्व गर्ने इच्छा व्यक्त गरिसकेपछि सभापतिका आकांक्षीहरुको दौडधुप पनि बढेको छ।
सभापतिका तीन प्रत्याशीहरु उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र शशांक कोइरालाबिच आज सिंह निवास चाक्सीबारीमा 'लन्च मिटिङ' भएको छ। महाधिवेशन केन्द्रित छलफलका लागि यी तीन नेता एकसाथ तेस्रोपटक वार्तामा जुटेका हुन्।
सोमबार महाधिवेशनकै सन्दर्शमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबिच भेट भएको थियो। यी तीनै नेता पनि आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी हुन्।