PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन



५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन
फाइल फोटो।

काठमाडौं : विपक्षी ५ राजनीतिक दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्। १० दिने अल्टिमेटमसहित संगठनहरुले त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन्।

नेविसंघ, अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल निकट अनेरास्ववियु, अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनले ५ बुँदे माग अघि सारेका छन्।  आफ्ना मागहरु पूरा नगरिए आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।

‘हाम्रा मागहरू १० दिनभित्र पूरा नगरिएको अवस्थामा आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी गराउँछौं,’ ज्ञापन पत्रमा भनिएको छ।

लकडाउनका कारण रोकिएका परीक्षा सञ्चालन गर्न, एमफील तथा पीएचडी भर्नाको समस्या तत्काल समाधान गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यस्तै, आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरूलाई निजी क्षेत्रबाट सञ्चालन गर्नुपर्ने, आंगिक क्याम्पसहरुमा कानून विषय अध्ययन, अध्यापनको व्यवस्था मिलाइनुपर्ने, क्याम्पसहरूमा हरेक वर्ष शुल्क बढाउने कार्य बन्द गरिनुपर्ने लगायतका माग पनि उनीहरुले अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell