PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जर्मनीलाई पराजित गर्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश



जर्मनीलाई पराजित गर्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न प्रि क्वाटरफाइनलको खेलमा जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा पुगेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा ४३ हजार दर्शककाबीच सम्पन्न खेलमा जर्मनीलाई २-० ले हराउँदै इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रहिम स्ट्रलिङले इङ्ग्याण्डलाई अग्रता दिलाएका थिए। उनले खेलको ७५ औं मिनेटमा लुक श को पासमा गोल गर्दै इङ्ग्ल्याण्डलाई अग्रता दिलाए। त्यस्तै खेलको ६९ मिनेटमा बुकायो साकाको स्थानमा मैदान प्रवेश गरेका ज्याक ग्रिलिसको पासमा कप्तान ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाए। जर्मनीले केही अवसरहरु राम्रा बनाएर पनि चुकेको थियो।

इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा युक्रेन र स्वीडेन बीचको विजेतासँग खेल्नेछ। युक्रेन र स्वीडेन आज राति पौने १ बजे ह्याम्पडेन पार्कमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell