PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

क्यानडामा अत्याधिक गर्मीका कारण १३० भन्दा बढीको मृत्यु



क्यानडामा अत्याधिक गर्मीका कारण १३० भन्दा बढीको मृत्यु
PHOTO : REUTERS

क्यानडामा अत्याधिक गर्मी हुँदा शुक्रवारयता १३० भन्दा बढीको मृत्यु भएको छ। भ्यानकुभर प्रहरीका अनुसार तापक्रम वृद्धिका कारण त्यहाँ ६५ जनाको मृत्यु भएको छ भने बर्नबाइमा ३४ र सररेमा ३८ जनाको  'एक्कासी'मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्धवृद्धा र गम्भीर रोगका बिरामी रहेका छन्।

मंगलबार क्यानडाको तापक्रम लगातार तेस्रो दिन उच्च रह्यो। ब्रिटिश कोलम्बियाको तापक्रम ४९.५ सेल्सियल पुगेको थियो। यो हप्ता अघि त्यहाँको तापक्रम ४५ सेल्सियसभन्दा माथि कहिलै पुगेको थिएन।

तापक्रम बढेसँगै त्यहाँ घरबाट बाहिर निस्कन सक्ने अवस्था नै नरहेको स्थानीय पत्रिकाहरुले उल्लेख गरेका छन्। शहरमा मानिसहरुका लागि विभिन्न स्थानमा कुलिङ सेन्टरको व्यवस्था गरिएको छ। अधिकारीहरुले गर्मी बढेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell