PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

इथियोपियाको टिग्रे विद्रोहीले थप क्षेत्र नियन्त्रणमा लिए, सरकारले घोषणा गरेको युद्धविरामलाई भने 'ठट्टा'



इथियोपियाको टिग्रे विद्रोहीले थप क्षेत्र नियन्त्रणमा लिए, सरकारले घोषणा गरेको युद्धविरामलाई भने 'ठट्टा'
File Photo: Ethiopian News Agency

इथियोपियाको विद्रोही समूह टिग्रे पिपल्स लिबरेसन फ्रन्टले क्षेत्रिय राजधानी मिकेली कब्जा गरेसँगै थप क्षेत्रमाथि नियन्त्रण जमाएको छ। टिग्रे समूहले मंगलबार स्रिह्रेमा नियन्त्रण जमाएको र उक्त क्षेत्रको अधिकांश क्षेत्रमाथि कब्जा जमाएको छ।

ट्रिग्रे विद्रोहीहरुले क्षेत्रिय राजधानी कब्जा गरेपछि संघीय सरकारले एकतर्फी युद्धविराम घोषणा गरेको थियो। सरकारको घोषणासँगै हजारौंको मृत्यु र हजारौं विस्थापित भएको संघर्ष रोकिने आशा लिइएको थियो। तर विद्रोही समूहले भने आफ्नो विरोधीविरुद्धको संघर्ष थप चर्काउन लडाकूहरुलाई निर्देशन दिएको छ।

'हाम्रो दुश्मनहरुले टिग्रे नछाडेसम्म हाम्रो संघर्ष जारी रहन्छ' विद्रोही समूहले भनेको छ।

टिग्रे विद्रोही समूहका प्रवक्ता गेताचिउ रेडाले टिग्रेबाट आफ्नो विरोधीहरुलाई लखेट्ने बताएका छन्। साथै सरकारले घोषणा गरेको युद्धविरामलाई 'ठट्टा' को संज्ञा दिएका छन्।

'टिग्रेको सुरक्षा गर्नका लागि हामी जे पजि गर्न तयार छौं। अस्मारासम्म मार्च निकाल्न परेपनि हामी निकाल्छौं। अड्डिससम्म मार्च गर्नुपरेपनि गर्छौं' उनले भने।

टिग्रे क्षेत्रमा विद्रोही समूहहरु सक्रिय भएसँगै गत नोभेम्बरदेखि इथियोपियन सरकारले त्यहाँ आक्रामक कारवाही सुरु गरेको थियो। इथियोपियन प्रधानमन्त्री अबी अहमदले टिग्रे लडाकू समूहविरुद्ध अन्तिम चरणको कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि टिग्रे नेताहरुले भने सरकारसँग आफूहरु लड्न तयार भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell