PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आरआर कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी

आरआर कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी


काठमाडौं : नेपाल विद्यार्थी संघले राजधानीको आरआर कलेज अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै नेवसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

आरआरबाट बाहिर निस्कँदै पुत्ला जलाएपछि प्रहरीसँग नेविसंघका कार्यकर्ताको घम्साघम्सी परेको थियो।

पछिल्लो समय नेविसंघले सरकारको विरोध गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ। वर्तमान सरकारले महंगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको आरोप नेविसंघले लगाउँदै आएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell