PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

निरन्तर वर्षाले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध



निरन्तर वर्षाले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध
फाइल फोटो

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिए।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। 'पानी निरन्तर परि रहेको र पहिरो समेत झर्ने क्रम भइरहेको कारण बाटो खुल्न हुन केही समय लाग्ने देखिन्छ। डोजर तथा लोडर प्रयोग गरि पहिरो हटाउने प्रयास भइरहेको छ,' उनले भने।

पहिरो आज राति २:१० बजे खसेको हो। यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell