PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

बुवाको संरक्षणबाट मुक्त हुने ब्रिट्नीको माग अदालतद्वारा खारेज



बुवाको संरक्षणबाट मुक्त हुने ब्रिट्नीको माग अदालतद्वारा खारेज
Photo: AP

आफ्ना बुवालाई संरक्षकबाट हटाउन माग गर्दै ब्रिट्नी स्पीयर्सले गरेको आग्रहलाई अदालतले खारेज गरेको छ। अमेरिकाको लस एन्जल्स उच्च अदालतले उनको मागलाई अस्वीकार गरेको हो

ग्रामी अवार्ड विजेता गायिका ब्रिट्नीले गत साता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै आफूलाई तत्काल बुवाको संरक्षणबाट मुक्त गर्न आग्रह गरेकी थिइन्। साथै उनले बुवासँग बस्न नचाहने समेत बयान दिएकी थिइन्।

गायिका ब्रिट्नी स्पीयर्स करिब १३ वर्षदेखि बुवा जेमी पी स्पीयर्सको संरक्षणमा बस्दै आएकी छिन्। अदालतमा बयान दिने क्रममा उनले आफूलाई विवाह गरेर बच्चा जन्माउने चाहना भएको भए पनि संरक्षकले नदिएको र आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन्।

तर, जेमी स्पीयर्सले भने आफूले छोरीलाई असाध्यै माया गर्ने र उनको भविष्यका लागि चिन्तित रहेको बताएका छन्। साथै, उनले ब्रिट्नीले लगाएका आरोपहरूको छानबिन गर्न पनि अदालतसमक्ष आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell