PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

वीरगंज : जंगली हात्तीको आक्रमणमा परी बारामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२ औधापुर बस्ने ४५ बर्षीय रामदेव पटेल रहेका छन्। खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो।

गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रले जनाए। जङ्गल क्षेत्रबाट करिब १६ किलोमिटर दक्षिणमा पर्ने बाराको सदरमुकाम कलैया नजिककैको खेतमा हातीले आक्रमण गरेको घटनाले बारावासीलाई त्रसित बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell