PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भेटियो भुतहा खोलामा दुई दिनदेखि बेपत्ता बालकको शव



भेटियो भुतहा खोलामा दुई दिनदेखि बेपत्ता बालकको शव

वीरगंज : पर्साको भुतहा खोलामा दुई दिनदेखि वेपत्ता बालकको शव बरामद भएको छ। बिहीवार साँझ ५ बजे शव बरामद भएको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्रको गोताखोर टोलीले बालकको शव बरामद गरेको हो। पर्सा,पोखरीय नपा–९ का राजेन्द्र महतोका छोरा वर्ष १५ का राजु महतो दुई दिनदेखि बेपत्ता थिए। गाउँकै एक जना छिमेकीको मलामी गएको बालक खोलामा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए।

बरामद शव नारायणी अस्पतालमा पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट अलौका सप्रनि विष्णु अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell