PahiloPost

May 14, 2024 | १ जेठ २०८१

आजबाट ‘कमेडी च्याम्पियन सिजन २’ प्रसारण हुने



आजबाट ‘कमेडी च्याम्पियन सिजन २’ प्रसारण हुने

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को प्रसारण आजबाट सुरु हुने भएको छ। कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाबिच दुई महिना रोकिएको शोको छायांकन रोकिएसँगै प्रसारण पनि रोकिएको थियो। शुक्रवारबाट शोको पुन: प्रसारण हुने भएको हफ।

निषेधाज्ञाले रोकिएको 'कमेडी च्याम्पियन २' आजबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन सिजन २’ मा निर्णायक एवम् हास्य कलाकार मनोज गजुरेलले जानकारी दिए। भने 'कोरोनाले दु:ख नदिएसम्म शो निरन्तर प्रसारण हुनेछ। यसपटक निकै हास्न पाइनेछ। किनकी कमेडिसियनहरु निकै खारिएर आउनु भएको छ।'

कार्यक्रम प्रसारणका लागि गत आइतबार नै उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँकन गरिएको समेत उनले जानकारी दिए। साथै स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको उनले दावी गरे।

'कमेडी च्याम्पियन सिजन २' ले १६ एपिसोडसम्म प्रसारण गरिसकेको छ। च्याम्पियनमा हाल टप ९ प्रतिस्पर्धी छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell