PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीका निजी वकिल भन्छन् : राष्ट्रपतिको अधिकारलाई अदालतले रोक्न सक्दैन



ओलीका निजी वकिल भन्छन् : राष्ट्रपतिको अधिकारलाई अदालतले रोक्न सक्दैन

काठमाडौं : अधिवक्ता बाबुराम दाहालले राष्ट्रपतिको अधिकार रोक्ने गरि अदालतले आदेश दिन नसक्ने बता
एका छन्। संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिलाई परमादेश जारी हुन नसक्ने समेत बताए।

उनले राष्ट्रपतिले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी अस्वीकृत हुनुलाई 'भ्यालिड' भने।

'राष्ट्रपतिको दाबी अस्वीकार गर्ने निर्णय भ्यालिड छ। राष्ट्रपतिलाई कुनै हालतमा परमादेश जारी हुन सक्दैन। धारा ७६ (५) को व्याख्या गर्ने हो' उनले भने।

प्रधानमन्त्री नियुक्त हुन नसकेपछि प्रतिनिधिसभा विघटन भएको उनको दलील थियो।

'ओलीले लहडले विघटन गरेको होइन, बाध्यात्मक हो। बदर हुने कुनै संवैधानिक कारण छैन। अहिलेको विघटनलाई अन्यथा भन्न मिल्दैन। सदर हुनुपर्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell