PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका थप कार्यक्रम



विपक्षी गठबन्धनका विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका थप कार्यक्रम

काठमाडौं : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

५ राजनीतिक दल सम्बद्ध नेविसंघ, एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल निकटको अनेरास्ववीयू, अखिल क्रान्तिकारी, अखिल छैटौं र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्। शुक्रबार बसेको संयुक्त विद्यार्थी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।

शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने,असार २० गते विद्यार्थी आन्दोलनका पुर्व अध्यक्षसँग अन्तक्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्। 

विद्यार्थीको संयुक्त मोर्चाले जारी गरेको विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयमा एम.फिल. पिएचडी.मा बढाएको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति ऐक्यबद्धता जनाइएको छ। सथै बढाइएको शुल्क तत्काल फिर्ता गर्न उनीहरुले माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell