![‘द भ्वाइस अफ नेपाल ३’ सातामा दुई दिन प्रसारण हुने](https://pahilopost.com/assets/upload/contentthumb/The_Voice_of_Nepal_-_title_card.png)
काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट सातामा दुई दिन नै प्रसारण हुने भएको छ। निषेधाज्ञा खुकुलो भएसँगै शो सातामा दुई दिन प्रसारण हुन लागेको हो।
निषेधाज्ञाबिच हप्तामा एक दिन मात्रै प्रसारण हुने शो निषेधाज्ञा खुकुलो भएपछि सातामा दुई दिन नै प्रसारण हुन लागेको ‘द भ्वाइस अफ नेपाल' निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
'आज र भोलि नकआउट राउण्डका अन्तिम एपिसोडहरु प्रसारणमा आउने छन्। त्यसपछि लाइभ राउण्ड सुरु हुने छ। शो अबदेखि शुक्रबार र शनिबार नै प्रसारण हुने छ।' उनले सुनाए।
शोमा गतसातादेखि ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित छन्। 'भ्वाइस अफ नेपाल ३' निर्णायकका रुपमा रहेका गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि उनको ठाउँमा राजेश पायललाई ल्याइएको हो। यस साता पनि दीपको स्थानमा राजेशपायल नै रहनेछन्।
कोरोनको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्ड पुरा गरेर दर्शकबिना नै शो को छायाँकन गरिएको समेत जानकारी दिए।