PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

यामी गौतममाथि विदेशी मुद्रा हिनामिना गरेको आरोप, बयान पेश गर्न ईडीको आदेश



यामी गौतममाथि विदेशी मुद्रा हिनामिना गरेको आरोप, बयान पेश गर्न ईडीको आदेश

बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन्। उनीमाथि विदेशी रकम हिनामिना गरेको आरोप लागेको छ। उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो बयान दर्ता गर्न बोलाएको छ

साथै उनलाई जुलाई ७ मा उपस्थित भएर बयान पेश गर्न ईडीले आदेश दिएको छ। ईडीले उनलाई दोस्रोपटक बयान दर्ता गराउन बोलाउँदै सूचना पठाएको हो।

अभिनेत्री गौतमको व्यक्तिगत बैंक खाताबाट मुद्रा लेनदेन गरेको देखिएको छ। जसको खबर उनले ईडीलाई दिएकी थिइनन्। 

ईडीले उनलाई फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (एफईएमए) अन्तर्गत रहेर सोधपुछ गर्ने छ। साथै उनीमाथि विदेशी रकमलाई लिएर अनियमितताका लागि अनुसन्धान भइरहेको छ।

अभिनेत्री यामी हालै निर्देशक आदित्य धरसँग वैवाहिक सबन्धनमा बाँधिएकी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell