PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

रहेनन् ‘मिस्टर भर्जिन’का निर्देशक बिशारद बस्नेत



रहेनन् ‘मिस्टर भर्जिन’का निर्देशक बिशारद बस्नेत

निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ। ३९ वर्षका उनको शुक्रवार साढे पाँच वजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी लामो समयदेखि कोरोना संक्रमित रहेको र चार दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएको फिल्म निर्माता कुमार बिनोद पौडेलले जानकारी दिए।

जेठ ९ गते बस्नेतमा कोरोना संक्रमण देखिएको थियो। निमोनियाले च्यापेर अक्सिजन लेवल कम भएपछि उनलाई जेठ १२ गते नेपाल मेडिसिटी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।

उनको पूरा परिवारलाई नै कोरोना संक्रमण भएको थियो। केही समयअघि मात्रै उनले कोरोनाकै कारण हजुरआमा र बुवा गुमाउनु परेको थियो।

बिशारदले ‘मिस्टर भर्जिन’, ‘न यता न उता’ जस्ता चलचित्रको निर्देशन गरेका छन्। फिल्म ‘२ रुपैयाँ’को भारतीय भिलेन उनले अभिनय गरेको चर्चित पात्र हो। साथै उनले ‘सुश्री सम्पत्ति’, ‘ताण्डब’ जस्ता चलचित्रमा समेत अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell