PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश



स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो। पहिलो हाफमा स्पेनले १-० को अग्रता लिएको थियो।

खेल अवधिभर स्पेनले स्वीजरल्याण्डलाई दबाबमा राखे पनि दोस्रो हाफ पटकपटक फिनिसिङमा चुकेको थियो। दोस्रो हाफमा स्वीजरल्याण्डले बराबरी गोल गर्न सफल भयो। ६८ औँ मिनेटमा सेर्डान साकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ७७ औँ मिनेटमा मिडफिल्डर रेमो फ्रिलर रातो कार्ड पाएर बाहिरिएपछि भने स्वीजरल्याण्ड थप दबाबमा परेको थियो।

निर्धारित ९० मिनेटको समयमा खेल १-१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तर त्यसमा पनि दुबै पक्षले गोल थप्न सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टीमा ३-१ ले अघि रहँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो।

स्पेनले सेमिफाइलनमा बेल्जियम र इटाली बीचको विजेतासँग खेल्नेछ। बेल्जियम र इटाली राति पौने १ बजे जर्मनीको म्युनिखस्थित फुटबल एरेना म्युनिखमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell