PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कांग्रेस क्रियाशील इन्ट्री : शुक्रवारसम्म इन्ट्री नभएको दाबी, तर बिहीवारको मिति राखेर शनिवार प्रेस विज्ञप्ति



कांग्रेस क्रियाशील इन्ट्री : शुक्रवारसम्म इन्ट्री नभएको दाबी, तर बिहीवारको मिति राखेर शनिवार प्रेस विज्ञप्ति

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील विवाद अझै टुंगिएको छैन। सिन्धुपाल्चोक सबैभन्दा बढी विवादित जिल्ला बन्यो यसका लागि।

यसै विषयमा कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले बिहीवार राति क्रियाशील सदस्यताको टुंगो लागेको जानकारी सामाजिक सञ्जालमा लेखे। 'नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई विभिन्न समस्याका बाबजुद १४, औं अधिवेशको तयारीको पहिलो खुट्किलो कृयाशिल सदस्यता इन्ट्री गर्ने काम छोटो समयमा नै सम्पन्न। सहयोगी साथीहरूलाई हृदयदेखि धन्यवाद।'

कांग्रेस सिन्धुपाल्चोकमा यसपटक नयाँ र नवीकरण गरी १३ हजार ९२३ जना क्रियाशील सदस्य रहेका छन्। यसबारे शुक्रवार क्रियाशील छानबिन समितिमा बुझ्दा कांग्रेसको वेबसाइटमा इन्ट्री भइनसकेको जनायो।

यही विषयको प्रेस विज्ञप्ति क्रियाशील छानबिन समितिले आज बिहान सर्कुलर गरेको छ। सर्कुलर गरेको विज्ञप्तिमा असार १७ गते मिति राखिएको छ। छानबिन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा सिन्धुपाल्चोक र बर्दियाको क्रियाशिल सदस्यता इन्ट्री भएको र कांग्रेसको वेबसाइटमा सार्वजनिक गरिएको उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell