PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छिटो बना, मेटेर अफिस जानुछ !



रवीन्द्र मानन्धर

छिटो बना, मेटेर अफिस जानुछ !

काठमाडौं महानगरपालिकाको नारा छ, 'सांस्कृतिक शहर, काठमाडौं महानगर'। तर महानगरका सार्वजनिक स्थानका भित्ताहरु कस्ता छन् ? कत्तै राजनीतिक नारा कोरिएका छन्। कतै विज्ञापनको पोस्टरहरु। न ती भित्तामा नगरको संस्कृति झल्किन्छ न त फोहर भित्ता सफा राख्नै महानगर कुनै प्रयासमा लाग्छ। केही दिन अघि भने महानगरले रत्नपार्कको आकाशे पुलमा कलाकारहरुले कोभिड १९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटायो। चित्र बनाएको करिब १५ दिन नबित्दै भित्ताको चित्रलाई लिएर राजनीति भयो। नेपाली कांग्रेसका वडा अध्यक्षले चित्र बनाउन दिएको अनुमति नेकपा एमालेका महानगर प्रमुखलाई स्वीकार्य भएन। महानगरका प्रमुख प्रशासकिय अधिकृत देखि नगर प्रहरीलाई समेत त्यो चित्त बुझेन। फल स्वरुप महानगरको अनुमति छैन भन्दै भित्तामा बनाइएको चित्र मेटियो।

कुरा यतिमै कहाँ सकिनु। नेपाली कांग्रेसमो भातृ संगठन नेविसंघले त्यही चित्र मेटाइएको भित्तामा 'काठमाडौं महानगर मुर्दावाद', 'विद्यासुन्दर शाक्य मुर्दावाद' लेख्यो। महानगर यति छिटो एक्सनमा पहिला कहिलै आएको थिएन होला! त्यसदिन नेविसंघले भित्तामा नारा लेखेको रंग सुक्न नपाउँदै महानगरले मेटाइदियो।

अहिले विद्यासुन्दर शाक्यले हाँकिरहेको काठमाडौं महानगरपालिका रत्नपार्कको उक्त भित्तालाई लिएर नेपाली कांग्रेससँग जुहारी खोलिरहेको छ। भित्तामा संस्कृति झल्किने गरि अर्को चित्र बनाउने तयारी गरिरहेको छ। चार वर्ष खाली रहेको भित्ता फेरि रंग्याउने प्रयास हुँदैछ। स्थानीय निर्वाचन जो आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell