PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बालुवाटारबाट ओलीको उद्घोष : माधव नेपाल एमालेका नेता होइनन्, हस्ताक्षर फिर्ता नलिने कोही पनि एमालेको कार्यकर्ता होइन



बालुवाटारबाट ओलीको उद्घोष : माधव नेपाल एमालेका नेता होइनन्, हस्ताक्षर फिर्ता नलिने कोही पनि एमालेको कार्यकर्ता होइन

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको नेता नै नभएको टिप्पणी गरेका छन्। शनिवार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीको सांगठनिक काममा सक्रिय नभएको व्यक्ति एमालेको नेता हुन नसक्ने बताएका हुन्। 

'आफ्नो सांगठनिक र वैचारिक क्रियाकलाप चलिरहन्छ त्यसमा व्यवधान हुँदैन। हामी कसैको तर्कका पछाडी जान आवश्यक छैन्। कसले कारवाही गर्‍यो, कसले गरेन। काम गरिरहेका छैन अनि नेता त्यो पार्टीको नेता पनि होइन,' ओलीले भने।

पार्टीको विचार र संगठनको पक्षमा भए मात्रै माधव नेपाल एमालेको नेता हुनसक्ने ओलीले बताए। भने, 'पार्टीको वैचारिक र संगठनको नेतृत्व गरिरहेको छ भने नेता हो। छाडनु भो भने हट्छ।'

उनले अब एकता भनेर नेता नेपाललाई पर्खन नसक्ने समेत बताए। उनले एमाले ढाल्ने पक्षमा र विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने अदालतमा मुद्दा गर्ने कोही पनि एमालेको कार्यकर्ता नभएको समेत बताए।

'१० वर्ष पर्खाइ हुन सक्दैन। मुद्दाको फैसला हुुँदा सम्म एमाले ढाल्ने र प्रमुख प्रतिपक्षको सरकारमा कायम रहन्छ। ति पार्टी कार्यकर्ता होइन। त्यसले त कित्ताकाट त गरिसक्यो नी। हामी एकताको पक्षमा छौ। हामीले आह्वान गरिरहेका छौ। पार्टीलाई ढाल्ने उद्धेश्यले सक्रिय छ भने पार्टीको नेता होइन,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell