PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा पुग्यो डेनमार्क



चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा पुग्यो डेनमार्क

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको छ। अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

टोमस डिलेनीको गोलमार्फत डेनमार्कले अग्रता लिएको थियो। खेलको ५ औँ मिनेटमै जेन्स स्ट्राइगरको कर्नर किकमा डिलेनीले हेडमार्फत गोल गरेका थिए। त्यस्तै ४२ औँ मिनेटमा कास्पर डोलबर्गले गोल गर्दै अग्रता दोब्बर बनाए। जोएकिम माह्लेको क्रसमा डोलबर्गले गोल गरेका थिए। पहिलो हाफमा डेनमार्कले २-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा चेक रिपब्लिकका प्याट्रिक सिकले गोल गर्दै टिमलाई खेलमा फर्काए। ४९ औँ मिनेटमा भ्लादिमिर कोफालको क्रसमा सिकले गोल गर्न सफल भएपनि त्यो जितका लागि पर्याप्त भएन।

सन् १९९२ को युरो कप विजेता रहेको डेनमार्कले त्यसयता पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो। डेनमार्कले सेमिफाइलनमा युक्रेन र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। युक्रेन र इङ्ल्याण्ड राति पौने १ बजे इटालीको ओलम्पिको इन रोममा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell