PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

झाँक्रीको आक्रोश : हामीले भण्डारीलाई राष्ट्रपति बनाउन हुँदैन भनेर त्यतिबेलै भनेको होइन र?



झाँक्रीको आक्रोश : हामीले भण्डारीलाई राष्ट्रपति बनाउन हुँदैन भनेर त्यतिबेलै भनेको होइन र?

काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गलत मान्छेलाई राष्ट्रपति बनाउँदा अहिलेको अवस्था आएको आरोप लगाएकी छिन्। विपक्षी गठबन्धनमा रहेका ५ राजनीतिक दलका विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको अन्तक्रियामा झाँक्रीले आफूले त्यतिबेलै विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन नहुने पक्षमा उभिएको भए पनि नेतृत्वले नमान्दा संविधानको संरक्षण नभएको दाबी गरेकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीका कारण संविधानमाथि खतरा भएको टिप्पणीसमेत गरिन्।

'हामीले यी व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन। लोकतन्त्र गणतन्त्रको गरिमा कायम राख्नै सक्दैन भनेर त्यही बेला आन्तरिक हिसाबले भनेका थियौं। तर त्यो कुरा मानिएन,' झाँक्रीले भनिन्,'एउटै पार्टीभित्र पनि फरक विचार समूह छ भने चेक एण्ड ब्यालेन्स हुनुपर्छ भनेका थियौं।'

प्रधानमन्त्री र राष्ट्रपति मिल्दा संविधानमाथि हस्तक्षेप भएको उनको आरोप थियो। 'आज हेड अफ द स्टेट र हेड अफ देक एक्जुकेटिभ मिल्दा संविधान च्यातचुत भएन? लाखौ हजारौका सपनामाथि तुषारापात भएन?' झाक्रीको प्रश्न थियो।

कुनै व्यक्तिको सत्ता निरन्तरता दिन पार्टी विगठन गरेको उनको भनाई छ। झाँक्रीले प्रतिनिधि सभा पुनर्स्थापन भए पनि राजनीतिक स्थायित्व नहुने भन्दै अहिले निर्णायक बेला भएको बताइन।

'दुर्भाग्य बदल्ने हामी निर्णायक अवस्थामा छौ। प्रतिनिधि सभा पुनस्थापना हुँदा दुर्भाग्य बदलिँदैन,' उनको तर्क थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell