PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

वीरगंजमा २७ असारसम्म लम्बियो निषेधाज्ञा : जोरबिजोर प्रणाली हट्यो, रेस्टुराँ ५० प्रतिशत खोल्न पाइने



वीरगंजमा २७ असारसम्म लम्बियो निषेधाज्ञा : जोरबिजोर प्रणाली हट्यो, रेस्टुराँ ५० प्रतिशत खोल्न पाइने

वीरगंज : वीरगंजमा निषेधाज्ञा खुकुलो पार्दै असार २७ गतेसम्म लम्ब्याइएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गर्दै आगामी असार २७ गते सम्म निषेधाज्ञा लम्ब्याएको हो।

केन्द्रद्वार जारी विज्ञप्ति अनुसार पर्सा जिल्ला भरी सार्वजनिक सवारी साधन खुल्ला गरिएको छ भने होटल तथा रेस्टुराँमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने भएको छ। यसअघि सवारी सधानहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको थियो।

त्यसैगरी, सरकारी कार्यालय पनि पालिका अनुसार सातामा दुई दिन महानगर, दुई दिन नगरपालिका र दुई दिन गाउँपालिकाहरुको काम काज हुने गरी सञ्चालनमा ल्याइएको छ। अब पर्सामा शैक्षिक संस्था, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, मन्दिर तथा साँस्कृतिक गतिविधि र लामो दुरीका लागि सवारी साधान सञ्चालमा मात्र रोक लगाइएको छ।

साथै, वीरगंजको इर्नार्वा नाका बाहेक अन्य नाकाबाट प्रवेशमा निषेध गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell