PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार मिश्र र मण्डललाई



नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार मिश्र र मण्डललाई

जनकपुरधाम : नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट दुई जना श्रष्टा सम्मानित भएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री लालबाबु राउतले वरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेका हुन्।

एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना श्रष्टामध्ये मण्डल र मिश्र प्रदेश २ का बासिन्दा हुन्।

उक्त अवसर मैथिली रंगमञ्च प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगदसहित सम्मान गरिएको थियो।

सो समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका श्रष्टाहरुलाई सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell