PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमेरिकामा जुलाई ४ को रौनक : बाइडेनले आयोजना गरे पार्टी, सयौंलाई ह्वाइट हाउसमा निम्तो

अमेरिकामा जुलाई ४ को रौनक : बाइडेनले आयोजना गरे पार्टी, सयौंलाई ह्वाइट हाउसमा निम्तो


अमेरिकी स्वतन्त्रता दिवसका दिन अमेरिकाका विभिन्न शहरमा हर्षोल्लासका साथ कार्यक्रम आयोजना गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो ठुलो उत्सवमा ह्वाइट हाउसमा भोज आयोजना गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले आफूहरु कोभिड महामारीको जित नजिक भएको बताएका छन्। स्थानीय समयअनुसार आइतवार बाइडेलनले ह्वाइट हाउसमा सयौंलाई उपस्थितिका लागि निम्ता दिएका छन्। उनीहरुमध्ये धेरैजसो कोभिड महामारीमा खटेका फ्रान्टलाइन र सेनाका परिवार रहेको भ्वाइस अफ अमेरिकाले जनाएको छ। उनीहरुलाई ह्यामबर्गरदेखि अन्य खान सर्भ गरिएको छ।

सम्बोधनका क्रममा बाइडेन खोप नलगाएकाहरुलाई खोप लगाउन आग्रह गरेका थिए।

अमेरिकाको २४५ औं स्वतन्त्रता दिवसका दिन विभिन्न शहरमा आताशबाजीसमेत गरिएको थियो। यसपटक कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा आताशबाजी गरिएको बताइएको छ। कोरोनाको इपिसेन्टर बनेको न्युयोर्कमा यसपटक २५ मिनेटसम्म लगातार आताशाबाजी गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell