PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संवैधानिक इजलासमा निवेदकहरुको जवाफी बहस सुरु



संवैधानिक इजलासमा निवेदकहरुको जवाफी बहस सुरु

काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षको जवाफी बहस सुरु भएको छ। निवेदकहरुसँग बहसका लागि १२० मिनेट रहेको छ।

संवैधानिक इजलासमा निवेदकबाट हरिहर दाहालले बहस सुरु गरेका छन्। त्यसपछि वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की र शम्भु थापाले जवाफी बहस गर्नेछन्। निवेदकहरुले ३ घण्टामा ४ जना बोल्ने तय भएकोमा आइतवार पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले आफ्नो बहस सकाएका थिए।

निवेदकको बहस सकिएपछि एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस हुनेछ। त्यसपछि एमिकस क्युरीका ४ सदस्यको पालो आउनेछ। नेपाल बार एशोसिएसनबाट दुई जना र सर्वोच्च बारबाट २ गरी चार जनाले आधा आधा घण्टा संवैधानिक इजलासलाई मुद्दा फैसलामा सहयोगी हुने गरी राय सुझाव दिनेछन्। एमिकस क्युरी बोल्दा सुनुवाइ मंगलवारसम्म लम्बिने आँकलन गरिएको छ। बुधवारबाट शुक्रवारसम्म फैसला आउने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell