काठमाडौं : नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार र एम्युनिशन सहयोग गरेको छ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जंगी अड्डामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार र त्यससँग सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।
नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गर्ने जंगी अड्डाले जनाएको छ।
प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार तथा एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गर्नु भएको छ । नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा वढि हतियार प्रदान गर्ने कार्याक्रम रहेको छ ।@NepalPoliceHQ pic.twitter.com/hKqsiMette
— NASpokesperson (@NaSpokesperson) July 5, 2021