PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रमुख निर्वाचन आयुक्त भन्छन् : मत बदर हुनबाट रोक्न मतदाता शिक्षामा जोड दिनुपर्छ



प्रमुख निर्वाचन आयुक्त भन्छन् : मत बदर हुनबाट रोक्न मतदाता शिक्षामा जोड दिनुपर्छ

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन्।

‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ को भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिएका हुन्।

अध्यक्ष थपलियाले भने,'निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन,यसमा सबैको सहकार्य जरुरी छ।'

निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा संचारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैँले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको बताउँदै उनले आधाभन्दा बढी जनसंख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए।

आयोगको तथ्यांक अनुसार देशभर करिब एक करोड ६५ लाख मतदाता छन्। त्यो अझै बढ्ने क्रममा छ।

निर्वाचनको बेला नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ। त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ। राष्ट्रियसभाको निर्वाचनमा समेत १३ प्रतिशत बदर भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell