PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विजयराजको बालकथा संग्रह 'स्वयम्भूका आँखाहरु'



विजयराजको बालकथा संग्रह 'स्वयम्भूका आँखाहरु'

काठमाडौं : बाल साहित्यमा अग्रज सर्जकमध्येका एक विजयराज आचार्य लिखित बालकथा संग्रह 'स्वयम्भूका आँखाहरु' सार्वजनिक भएको छ। विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन रहेको यस किताब हालै सार्वजनिक भएको हो।

किताबमा स्वयम्भू चिनाउने ९ वटा कथाहरु रहेका छन्।

चित्रसहित रंगीन पृष्ठमा रहेको किताब स्वयम्भूको उत्पति कसरी भएको थियो, स्तुप कसरी बन्यो, यसका दुई आँखाको अर्थ के हो भन्नेबारे बालबालिकालाई कथाको माध्यमबाट सजिलो तरिकाले बुझाउने प्रयास गरिएको छ।  कथाहरुको सम्पादन प्रमोद प्रधानले गरेका हुन्।

चित्र युवक श्रेष्ठको रहेको छ। यो विजयराजको ९४ औं कृति हो।

७२ पृष्ठको किताबको मुल्य ३५० रुपैयाँ तोकेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell