PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

भेडहा नदीको बाढीले क्षति पुर्‍याएको क्षेत्रमा विपद् व्यवस्थापन समितिले गर्‍यो अनुगमन



भेडहा नदीको बाढीले क्षति पुर्‍याएको क्षेत्रमा विपद् व्यवस्थापन समितिले गर्‍यो अनुगमन

वीरगंज : विपद् व्यवस्थापन समिति पर्साको टोलीले भेडहा नदीमा आएको बाढीले डुबानमा परेको क्षेत्रको अनुगमन गरेको छ। पर्सा १ का निवर्तमान संघीय सांसद प्रदीप यादवको नेतृत्वमा गएको टोलीले निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने लालपर्सा, प्रसोतीपुर बेल्वा, ईस्लामपुर, मिलनचोकलगायत विभिन्न स्थानको निरीक्षण गरेको थियो।

भेडहा नदीमा आएको बाढीले सयौँ बिघा जग्गा डुवानसँगै कटान गरेको छ। बर्खाको बाढीले धेरै जनाको घरसमेत बगाएको जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अन्सारीले जानकारी दिए। बाढी नियन्त्रणका लागि गत वर्ष नै वीरगंज महानगरले नदीको पूर्व किनारामा तटबन्ध लगाएको थियो। तर, यसपालिको बाढीले सो तटबन्धन समेत बगाएको छ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell