PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

संविधानको धारा ७६ लागू गर्न माग गर्दै जनकपुरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन



संविधानको धारा ७६ लागू गर्न माग गर्दै जनकपुरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

जनकपुरधाम : विपक्षी पाँच दलीय गठबन्धनका भातृ संगठनले संविधानको धारा ७६ लागू गर्न माग गर्दै सोमवार जनकपुरधाममा प्रदर्शन गरेका छन्। सोमवार जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको विद्यार्थीहरुको यालीले नगरको विभिन्न भागमा पुगेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघठन गरेपछि विपक्षी दल आवद्ध संयुक्त विद्यार्थी संगठन धनुषाले संविधान रक्षाको लागि भन्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागी विद्यार्थीहरुले संविधानको धारा ७६ लागू गर्न माग गरेका छन्।

जनकपुरधामको रेल्वे स्टेशन, भानु चोक, शिव चोक हुँदै जनक चोकसम्म संविधान प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो।

सो क्रममा संयुक्त विद्यार्थी संगठनमा अखिल (क्रान्तिकारी), अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन र अखिल (छैठौँ) सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell