PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अमेजोनको सीईओबाट हटे जेफ बेजोस, अब कम्पनीको कार्यकारी अध्यक्ष रहने



अमेजोनको सीईओबाट हटे जेफ बेजोस, अब कम्पनीको कार्यकारी अध्यक्ष रहने
Photo: AFP via Getty Images

अनलाइन रिटेल कम्पनी अमेजोनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद त्यागेका छन्। बेजोसले सोमवार एन्डी जेसीलाई सीईओको पद हस्तान्तरण गरेका हुन्

स्थापनाको ठ्याक्कै २७ वर्षपछि बेजोसले सीईओको पद त्यागेका छन्। अमेजोन ५ जुलाई १९९४ मा अनलाइन बुक सेलरको रुपमा स्थापना भएको थियो। अहिले सो कम्पनीको नेटवर्थ १.७५ ट्रिलियन अमेरिकी डलर पुगेको छ।

यसअघि कम्पनीले गत फेब्रुअरीमै बेजोस सीईओबाट कार्यकारी अध्यक्षको भुमिकामा रुपान्तरण हुने जनाएको थियो। बेजोसले उनका अन्य कम्पनीहरु वासिङ्टन पोस्ट, स्पेस कम्पनी ‘ब्लु ओरिजिन’ तथा परोपकारी कार्यमा समेत समय दिन चाहेको बताएका थिए।

उनी कम्पनीको कम सार्वजनिक पदमा रहने भएता पनि आगामी वर्षहरुमा कम्पनीमा उनको अथाह प्रभाव भने कायमै रहने छ। उनी अमेजोनका सबैभन्दा ठूला सेयरहोल्डरको नाताले र बोर्डको प्रमुख भएकाले पनि कम्पनीमा उनको प्रभाव उत्तिकै रहने देखिएको हो।

बेजोस संसारकै धनी व्यक्ति पनि हुन्। फोर्ब्सका अनुसार उनको नेटवर्थ २०१.८ बिलियन अमेरिकी डलर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell