PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन



'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन

हलिउड फिल्म 'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन भएको छ। सोमबार ९१ वर्षको उमेरमा उनको निधन भएको हो। उनको मृत्य हुनुका कारण भने सार्वजनिक भएको छैन।

न्यूर्योकको ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दर्शकबाट करियर सुरु गरेका हुन्। सुरुमा उनले टेलिभिजनको कार्यक्रमका लागि निर्देशन गरेका थिए। डोनरले सन् १९७० को दशकमा निर्देशन मार्फत सफलता पाएका थिए।

सन् १९७८ मा उनले निर्देशन गरेको फिल्म 'सुपरम्यान' हलिउडमा ब्लकबस्टर सावित भएको थियो। फिल्म 'सुपरम्यान' लाई पहिलो आधुनिक सुपरहिरो फिल्मका रुपमा समेत लिइन्छ। यो फिल्मले अस्करको तीनवटा विधामा छनोट हुनुका साथै दृश्य इफेक्टमा उत्कृष्ट फिल्मको अवार्ड समेत हात पारेको थियो।

डोनरले द ओमेन, फ्री विली, द लस्ट बोइज र द गुनिजजस्ता फिल्म समेत निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell