PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जसपाका उपेन्द्र यादव र महन्थ ठाकुरलाई किन बोलायो निर्वाचन आयोगले ?



जसपाका उपेन्द्र यादव र महन्थ ठाकुरलाई किन बोलायो निर्वाचन आयोगले ?

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुवै समूह निर्वाचन आयोगमा गएका छन्। अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुर आज निर्वाचन आयोगमा पुगेका हुन्। पार्टी विवादका बारेमा निर्वाचन आयोगले दुवै पक्षलाई बोलाएपछि यादव-ठाकुर छलफलका लागि आयोग पुगेका हुन्।

निर्वाचन आयोगमा दुवै पक्षले आफूले आधिकारिकता पाउनुपर्ने भन्दै निवेदन दिएकाले त्यसको छिनोफानोका लागि आयोगले बलाएको जसपा केन्द्रीय कार्यकारिणी सदस्य महोम्मद इस्तियाक राईले जानकारी दिए। यादव पक्षबाट आयोगमा अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ प्रकाश अधिकारी, हिसिला यमी लगायतका नेता आयोगमा पुगेका छन्।

निर्वाचन आयोगले किन बोलायो?

आयोगमा यादव पक्षले पार्टीको आधिकारिकताको दाबी गरेको थियो। असार ४ गते यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरेका थिए। अर्का अध्यक्ष ठाकुरले असार १४ गते यदावको दाबी सहि नभएको भन्दै लिखित जवाफ पेश गरेको निर्वाचन आयोगले बताएको छ।

दुवै पक्षका दाबीका आधारमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। सहमति कायम भएमा अहिलेकै पार्टीको संरचनालाई निरन्तरता दिने, सहमति नभए कानुन अनुसार सुनुवाइ प्रक्रिया अघि बढाउने बारेमा दुवै पक्षसँग छलफल थालिएको उनले बताए।

भने,'विवादको सम्बन्धमा सहमति कायम हुन्छ भने सहमति कायम गराउनका लागि हो। एउटा पक्षले दाबी पेश गर्नु भएको छ। अर्को पक्षले लिखित जवाफ पेश गर्नुभएको छ। दुवैलाई आधार मानेर सहमति गराउने र सहमति भए सहमति अनुसार अगाडी बढने र सहमति नभए सुनुवाई प्रक्रियामा अगाडी बढछ।'

सहमति हुन सकेन भने इजलास गठन हुने र बहुमतीय प्रक्रियामा जाने निर्वाचन आयोगले बताएको छ।

दुई पक्षबिच सहमति नभएमा बुहमतीय प्रक्रियामा जाने छ। बहुमत पुग्नेलाई आधिकारिक पार्टी दिने र पार्टीमा ४० प्रतिशत पुगेमा अर्को पक्षलाई आधिकारिक रुपमा दल विभाजन दिने र पुगेन भने निर्वाचन आयोगले अर्को दल खोल्न अनुरोध गर्ने छ।

सहमति होला?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्नेबिच जसपामा विवाद भएको हो। ठाकुर पक्षले ओलीलाई साथ दिएर सरकारमा सहभागि भएको थियो भने यादव पक्षले ओलीको विरोध गरिरहेको छ।

यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने भन्दै विपक्षी ५ दलयी गठबन्धनमा सहभागि छ। दुई पक्षबिचको विवाद बढदै गएपछि जसपा फुटको अवस्थामा पुगेको हो। निर्वाचन आयोगले सहमतिका लागि विवाद गरिरहेका दुवै समूहलाई बोलाएको भए पनि सहमति हुने सम्भाना भने कम भएको जसपाका नेताहरुको भनाई छ।

'प्रतिगमनका पक्षमा लागेकाहरुले आत्मालोचना गर्नुभयो भने। सहमति पनि हुन सक्ला तर उहाँहरुले आत्मालोचा गर्नुभएन भने सहमति हुन सक्दैन,' राईले भने। उनले सहमतिका लागि ठाकुर पक्षले ओलीलाई दिइरहेको सथा छोड्नैपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell