PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली-नेपाल विवाद : आजदेखि कार्यदलको बैठकमा औपचारिक छलफल हुने



ओली-नेपाल विवाद :  आजदेखि कार्यदलको बैठकमा औपचारिक छलफल हुने

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधान कार्यदलको बैठक आज बस्दै छ। मंगलवार सिंहदरवारमा कार्यदलको बैठक बस्न लागेका हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट कार्यदलद संयोजक सुवास नेम्बाङले बैठक बस्न लागेको जानकारी दिए।

'बैठक बस्न लागेको छ। नेताहरु हामी जाँदै छौ,' उनले भने।

आजको बैठकमा माधव नेपाल समूहसँगको विवाद र समाधानका सुत्रहरु बारेमा छलफल हुनेछ। सोमवार बसेको बैठकले पार्टीको विवाद समाधानका लागि भएका अनौपचारिक वार्ताका बारेमा छलफल गरेको थियो।

ओली र नेपालका अडानलाई थाती राखेर सहमति गराउन दोस्रो तहका नेताहरुले प्रयास  गरिरहेका छन्। असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले कार्यदल मार्फत विवादको समाधान खोज्न भनेपछि डेढ महिनापछि कार्यदलको बैठक सोमवार बसेको थियो। अब निरन्तर कार्यदलको बैठक बस्ने र त्यसमार्फत विवाद समाधान हुने कार्यदलका सदस्यहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell