PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कुमारी हलबाट पनि क्युएफएक्सले तोड्यो आफ्नो चेन



कुमारी हलबाट पनि क्युएफएक्सले तोड्यो आफ्नो चेन

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले कुमारी हलसँगको सहकार्य तोडेको छ। यससँगै कुमारी हलमा अब क्युएफएक्स चेन अन्तर्गत संचालन हुने छैन।  

विगत १६ वर्षदेखि क्वेष्ट इन्टरटेन्मेन्टले कुमारी हललाई भाडामा लिएर संचालन गर्दैँ आएको थियो।

कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निधेषाज्ञाहरुले सिनेमा घरहरु संचालन हुन सकेका छैनन्। संक्रमणकै प्रभावका कारण क्युएफएक्सले कुमारी हलबाट आफ्नो चेन बन्द गर्नुपर्ने बाध्यता आएको क्यूएफएक्सका सिइओ रोशन अडिगाले जानकारी दिए।

'कुमारी हलमा क्युएफएक्स ब्र्यान्ड सधैँका लागि बन्द हुने भएको छ। क्वेष्ट इन्टरटेन्मेन्टले अरु कम्पनीलाई यो हल बेचेको छ। जुन कम्पनी फिल्मसँग भने सम्बन्धित छैन। क्युएफएक्सको नाम मात्र हटाएका छौँ। हलका सामानहरु भने हटाउन बाँकी नै छ।' उनले बताए।

साथै असार मसान्तसम्म हललाई अरु कम्पनीलाई नै हस्तान्तरण गरिने समेत उनले बताए।

यसअघि क्युएफएक्सले जयनेपालबाट पनि आफ्नो हात झिकेको थियो। जयनेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ हल स्थापना गरेको छ। महामारी सामान्य भएपछि यी दुई फ्रेन्चाइजलाई संचालनमा ल्याउने तयारी समेत उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell