PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

कोमल वलीले कविता मार्फत कसलाई भनिन् 'बाँदर' ?



कोमल वलीले कविता मार्फत कसलाई भनिन् 'बाँदर' ?

काठमाडौं : राष्ट्रिय सभाकी सदस्य र गायिका कोमल वलीले हिजो सोमवार राष्ट्रिय सभा बैठकमा एउटा कविता सुनाइन्। कविताको शिर्षक थियो 'बाँदरको जमात र अमृतपानको सपना।'

सो कवितामा नेकपा पार्टीभित्रको आन्तरिक कलहलाई चित्रण गरिएको थियो। कविता सामजिक संजालमा भाइरल भयो। कतिले कविताको तारिफ गरे। केहीले आलोचना गरे। कसैकसैले भने तीज भाकामा कविता भने सुहाउँथ्यो भन्दै व्यङ्ग्य समेत गरे।

उनले 'बाँदर' भनेर कसलाई संज्ञा दिएको भन्दै प्रश्न उठ्यो। वलीले प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षा गरेर अन्य पाटीभित्रकै नेतालाई 'बाँदर' भनेर कटाक्ष शब्द बोलेर कविता वाचन गरेको आरोप लाग्यो। साथै राष्ट्रिय सभालाई मनोरञ्जनको थलो बनाएको भनि उनले आलोचित समेत हुन पुगिन्।

चर्चामा कविता 

वलीले सरकारविरोधी दलहरु र विरोधी नेताहरुलाई 'बाँदर' को संज्ञा दिएको भन्दै हाल चर्चा भइरहेको छ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले कोमल वली आलोचना सुन्नै नसक्ने र अरुलाई क्षुद्र स्तारमा गाली गर्ने 'ओली गिरोह'को सदस्य भन्दै टिप्पणी समेत गरेका छन्।

एक प्रयोगकर्ताले लेखेका छन् 'ओली भक्तिमार्गमा रहेकी कोमल वलीले माधव कुमार नेपाल एण्ड कम्पनीलाई बाँदर कविताले निर्लज्ज प्रहार गरिन। वली तिनै पात्र हुन जसले ज्ञानेन्द्रकालमा राष्ट्र र राजा सबैका साझा पुजौ न सबैले बोलको भजन गाएकी थिइन। छेपारोले कति चाडो रङ्ग फेरेको।'

धेरैले वलीले माधव नेपाल र झलनाथ खनाललाई बाँदर र छेपारोको बिम्ब बनाएर कविता वाचन गरेको टिप्पणी गरेका छन्।

वलीको स्पष्टीकरण

सामाजिक संजालमा आलोचना भएपछि कोमल वलीले ट्विटरमार्फत आफ्ना धारणाहरु कुनै पनि व्यक्तिप्रति लक्षित नरहेको भनि स्पष्टीकरण दिएकी छिन्।

उनले आफ्नो कवितामा प्रयोग भएका शब्द कुनै व्यक्ति प्रति लक्षित नभएको बताएकी छिन्। उनले आफ्नो कविता देश र जनतालाई समर्पित गरेको समेत बताएकी छिन्।

वलीले देश र जनताका लागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने नरहेको भन्दै कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त नहुने समेत बताइन्। भौतिक शरीरको अन्त्य हुनेहरुले उक्त कुरा सोच्नु पर्ने धारणा उनले राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell