PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

प्रचण्ड र माधव नेपालबिच कोटेश्वरमा छलफल



प्रचण्ड र माधव नेपालबिच कोटेश्वरमा छलफल
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबिच भेट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

एमालेको विवाद समाधान कार्यदलबिच भइरहेको वार्ता, प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको फैसला लगायत समसामयिक राजनीतिक विषयमा दुई नेताबिच छलफल भएको सापकोटाले बताए। 'समसामयिक राजनीतिक विषयमा छलफल भएको छ,' उनले भने।

नेकपा एमालेको विवाद समाधानका लागि सिंहदरवारमा कार्यदलको बैठक बसिरहेका बेला प्रचण्ड-नेपालबिच भेट भएको हो। कार्यदलमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता नलिएर समाधान खोज्न पहल भइरहेका बेला उनीहरुबिच भेट भएको हो।

विपक्षी गठबन्धनका तर्फबाट ५ राजनीतिक दलले ओलीको चर्को विरोध गरिरहेका छन्। गठबन्धनमा नेपाल पक्ष पनि सामेल भए पछि एमालेको विवाद बढदै गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell