PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

वाग्मती प्रदेशले चरिकोट अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने



वाग्मती प्रदेशले चरिकोट अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने
फाइल फोटो।

हेटौँडा : मिर्गौलाका रोगीहरुलाई डायलासिस सेवा सहज बनाउन वाग्मती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। प्रदेश मातहतका सबै अस्पतालहरुमा डायलासिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप चरिकोट अस्पतालमा डायलासिस मेसिन जडान गरिने भएको हो।

डायलासिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका डाक्टर रविन भुसालले जानकारी दिए। प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ४ वटा हेमोडायलासिस मेसिन, ६ वटा शय्या, तथा अन्य आवश्यक मेसिनहरु खरिद गरिसकेको जनाएको छ।

यसअघि असार १४ गतेदेखि प्रदेश सरकारले आफ्नो मातहतको हेटौँडा अस्पतालमा ८ वटा हेमोडायलासिस मेसिन जडान गरी सेवा सञ्चालन गरेको थियो। चरिकोट अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले १ करोड बजेट छुट्याएको थियो।

यस्तै, आर्थिक वर्ष २०७८/०८९ मा प्रदेश मातहतका सेवा दिन बाँकी सबै अस्पतालहरुमा डायलासिस सेवा सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ। विभिन्न कारणले मिर्गौलामा खराबी आइ काम गर्न बन्द भएको अवस्थामा डायलासिसमार्फत उपचार गराउनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell