PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सवारी साधनको शुल्क र दस्तुरमा लकडाउन अवधि भरिको जरिवाना नलिने प्रदेश २ सरकारको निर्णय



सवारी साधनको शुल्क र दस्तुरमा लकडाउन अवधि भरिको जरिवाना नलिने प्रदेश २ सरकारको निर्णय

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा लकडाउन अवधि भरिको जरिवाना नलिने निर्णय गरेको छ। कोभिड अवधिसम्मका लागि यातायात कार्यालयद्वारा लाग्ने जरिवाना छुट गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्णय गरेको हो।

विगत लामो समयदेखिको निषेधाज्ञाका कारण सवारी धनीहरुले आफ्नो सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए।

निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेकाले सरकारले जरिवाना छुट दिने निर्णय गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell