PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मूल्य?



आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मूल्य?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। असार ९ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ। 

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२९, डिजेल ११२ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८४ रुपैयाँ पुगेको छ। यस्तै निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १९ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७५४ प्रति किलोलिटर कायम भएको छ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ३१९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले जनाएको छ। 

यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १२७ रुपैयाँ र डिजेल ११० रुपैयाँ कायम थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell