PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हुन्न है हुन्न, विश्वास गर्ने आधारै देख्दिन...



रवीन्द्र मानन्धर

हुन्न है हुन्न, विश्वास गर्ने आधारै देख्दिन...

सामाजिक सुरक्षा कोष (एसएसएफ) ले निजी क्षेत्रका प्रत्येक प्रतिष्ठानहरुलाई कोषमा अनिवार्य रुपमा आबद्ध हुन पत्राचार गरेको भन्दै यतिबेला बैंक तथा वित्तीय संस्था र कर्पोरेट जगतका कर्मचारीहरु विरोधमा छन्।

'आफैंले वित्तीय अनुशासन पालना गरेको नदेखिएको संस्था (कोष) प्रति योगदानकर्ताले केका आधारमा विश्वास गर्ने? हामीले विश्वास गर्न सकेनौं। त्यही भएर पनि कोषमा जान नसकिएको हो,' वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले प्रश्न गरेका छन्।

सरकारको विधि प्रक्रियामाथि नै जनताको आशंका रहेको अधिवक्ता सरोज घिमिरेको तर्क रह्यो। 'सरकारको प्रक्रियागत दक्षतामा जनतालाई गम्भीर आशंका छ, जुन सरकारी संयन्त्रको सबै तहको हकमा छ,' अधिवक्ता घिमिरे भन्छन्, 'यसो किन भयो भने कानुन, विधि, प्रक्रिया इत्यादि पालनामा गम्भीर समस्याहरु छन्। यो भनेको सरकारले विश्वास आर्जन गर्न नसकिरहेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell