PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एम्सटर्डममा क्राइम जर्नालिस्ट माथि गोली प्रहार



एम्सटर्डममा क्राइम जर्नालिस्ट माथि गोली प्रहार
Photo : Getty Images

एम्सटर्डममा एक पत्रकारमाथि गोली प्रहार भएको छ। अपराध सम्बन्धी घटनाहरुको रिपोर्टिङ गर्ने पिटर आर डी भरिजमाथि गोली प्रहार भएको हो।

प्रहरीका अनुसार एक टेलिभिजन शोमा उपस्थित भएको केही समयपछि नै उनीमाथि गोली चलेको हो। प्रहरीका अनुसार उनीमाथि पाँचपटक गोली प्रहा। भएको थियो। उनको टाउकोमा समेत गोली लागेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

'क्राइम केस'हरुकै रिपोर्टिङका क्रममा उनलाई पहिला ज्यान मार्ने घम्की आएको थियो। त्यसपछि उनलाई प्रहरीले सुरक्षा समेत प्रदान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell