PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दिलीप साहबको त्यो सपना जुन अधुरै रह्यो



दिलीप साहबको त्यो सपना जुन अधुरै रह्यो

बलिउड अभिनेता दिलीप कुमारको आज निधन भएको छ। ९८ वर्षीय दिलीप कुमारलाई स्वास प्रस्वासको समस्या थियो। उपचारकै क्रममा उनको आज बिहान साढे सात बजे निधन भएको हो।

निधनसँगै 'दिलीप साहब' एउटा सपना पनि अधुरो रह्यो। सन् २०१४ मा पाकिस्तान सरकारले दिलीप कुमारको पुख्यौली घरलाई राष्ट्रिय धरोहरको रुपमा घोषित गरेको थियो। साथै सन् २०१८ मा राज कपुरको हवेलीलाईपनि। दुवै घरहरु पाकिस्तानको पेशावर शहरको आवासीय क्षेत्रको किस्सा ख्वानी बजारमा अवस्थित छन्। यी पुख्यौली हवेलीमाथि ‌औपचारिक संरक्षणको प्रक्रिया चलिरहेको छ।

यी पुख्यौली घरहरुलाई संग्रहालय बनाउन खैबर पख्तुनख्वाह सरकारले पहल गरेको थियो। हवेलीको हालको मालिकलाई सरकारले घर खाली गर्न १८ मे सम्मको समय दिएको छ। तर, दिलीप कुमारको हवेली पुन: निमार्ण हुनुअघि नै उनले यो संसार छोडेर गए। सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिनु दिलीप कुमारले यसै घरमा बाल्यकाल बिताएका थिए।

दिलीप कुमार र राज कपुरको घर नजिकै छन्। जुन पुख्यौली घरहरुको सय वर्ष पुरानो इतिहास छ। दुवै हवेलीका मालिक हवेलीलाई भत्काएर व्यवसायिक रुपले प्रयोग गर्न चाहन्थे। तर, सरकारले अनुमति दिएको थिएन।

एकपटक खैबर पख्तुनख्वा सरकारले पहिला नै यी दुवै हवेलीलाई किन्ने योजना बनाएको थियो। जसको लागि राज कपुरको घरलाई डेढ करोड भारतीय रुपैयाँ र दिलीप कुमारको घरलाई ८० लाख भारतीय रुपैयाँमा किनेर संग्रहालय बनाउने योजना थियो।

राज कपुरको घरका मालिक अली कादिरले उक्त घरका लागि २० करोड मागेका थिए। त्यहि समयमा दिलीप कुमारको घरका मालिक गुल रेहमान मोहम्मदले सरकारले यसलाई बजार दर अर्थात् करिब साढे ३ करोड भारतीय रुपैयाँमा किन्नुपर्ने बताएका थिए। जसकारण किनबेचमा कुरा मिल्न सकेको थिएन। हाल भने घरलाई संग्रहालय बनाउने काम अन्तिम चरणमा पुगेको छ।

भारत र पाकिस्तान विभाजन हुनुभन्दा अघि विवाह भोजको आयोजना गर्न राज कपुरको हवेलीलाई निकै लोकप्रिय मानिन्थ्यो। मानिसहरूका लागि यो पहिलो रोजाई थियो। तर, सन् २००५ मा आएको भुकम्पपछि यी हवेलीहरुको अवस्था जिर्ण बनेको थियो। सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री नवाज शरिफले यी हवेलीहरुलाई राष्ट्रिय सम्पदाको रूपमा घोषणा गरे। तर, यी हवेलीको संरक्षण भने हुन सकेन।

सय वर्ष पुरानो हवेलीको अवस्था जिर्ण बनिसकेको छ। तर, खैबर पख्तुनख्वाहका मुख्यमन्त्रीले ४ महिना अघि यसको पुन: निर्माणको लागि २ करोड ३५ लाख बजेट विनियोजन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell