PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'मिस नेपाल नर्थ अमेरिका २०२१' को टप १९ घोषणा



'मिस नेपाल नर्थ अमेरिका २०२१' को टप १९ घोषणा

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका' मा छनोटमा परेका अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ। 'मिस नेपाल नर्थ अमेरिका २०२१' ले फाइनल राउन्डका लागि १९ जना प्रतियोगीहरुलाई छनोट गरेको हो।

कार्यक्रमको फिलाने अगस्त ७ मा न्यूयोर्कस्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेछ। यस प्रतियोगिताको लागि ३० जना भन्दा बढीले आवेदन दिएका थिए।

गत वर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा प्रतियोगितामा कोच/ कोरियोग्राफरको भूमिकामा देखिनेछन्।

१९ जनालाई छनौट गर्ने जिम्मेवारी र प्रतियोगीहरुको अडिसन मिस नेपाल २०११ मलिना जोशी तथा मिस नेपाल २०१० सदीक्षा श्रेष्ठले लिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell