PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या



हाइटीका राष्ट्रपतिको गोली हानी हत्या
Photo : EPA

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या भएको छ।

बीबीसीका अनुसार राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका हुन्। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले राष्ट्रपतिको हत्या भएको पुष्टि गरेका छन्।

हाइटीकी प्रथम महिला आक्रमणमा घाइते भएकी छिन्।

आक्रमणपछि प्रधानमन्त्री जोसेफले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपतिको हत्या कुन समूहले गर्‍यो भन्ने खुलेको छैन। हाल घटनाबारे अनुसन्धान भइरहेको छ।

केही समयअघि देखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै हाइटीमा प्रदर्शन भइरहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell