PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दिलीप कुमारको मृत्युले शोकमा डुब्यो बलिउड, ‘दिलीप साहब’लाई श्रद्धाञ्जली दिँदै कसले के भने?



दिलीप कुमारको मृत्युले शोकमा डुब्यो बलिउड, ‘दिलीप साहब’लाई श्रद्धाञ्जली दिँदै कसले के भने?
Photo: newindianexpress.com

बलिउड कलाकार दिलीप कुमारको आज बिहान ९८ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

उनको मृत्युले बलिउड क्षेत्रलाई नै ठूलो क्षति पुर्‍याएको छ। धेरैले उनलाई सम्झेर सोसल मिडियामा शोक मनाईरहेका छन्। साथै बलिउड उद्योग लगायत अन्य क्षेत्रका व्यक्तिहरुले उनीप्रति श्रद्धाञ्जली दिइरहेका समेत छन्।

भारतका राष्ट्रपति राम नाथ कोविंदले दिलीप कुमारले मृत्युले एक युगको अन्त्य भएको भनि ट्विटरमा लेखेका छन्। साथै उनी यो संसारबाट गएपनि भारतको मनमा सधैँ रहिरहने समेत उनले उल्लेख गरेका छन्।

 

त्यसैगरि, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनीप्रति समवेदना व्यक्त गरेका छन्। दिलीप कुमारलाई सिनेमाका लिजेन्टको रुपमा सधैँ सम्झिरहने मोदीले ट्विटरमा लेखेका छन्। साथै उनको मृत्युले साँस्कृतिक रुपमा ठूलो नोक्सान भएको समेत उनको भनाइ छ।

 

बलिउड अभिनेता अमिताभ बच्चनले दिलीप कुमारको निधनले एक संस्थाको नै अन्त्य भएको अभिव्यक्ति दिएका छन्। साथै भारतको सिनेमा उद्योगमा उनको नाम सदावहार रहने समेत उनले उल्लेख गरेका छन्।

 

गायिका लता मंगेशकरले दिलीप कुमारलाई दाइ बनाएकी थिइन्। दिलीप कुमारको मृत्युले लतालाई निकै दुखी बनाएको छ। उनले दिलीप को मृत्युले एक युगको अन्त्य भएको बताएकी छिन्। 

त्यसैगरि, निर्देशक सुभाष घईले दिलीप कुमारलाई समवेदना दिँदै आजको दिनलाई जिन्दगीकै कालो दिनको रुपमा मानेका छन्। दिलीप कुमारलाई आफ्नो गुरु मान्ने उनले एक युगका अन्त्य भएको बताएका छन्।

 

दिलीप कुमारको अभिनय जादुमय भएको भन्दै अभिनेता अनुपम खेरले लेजेन्डहरु सदा बाँचिरहने बताएका छन्।

 

अभिनेता सञ्जय दत्तले पनि दिलीप कुमारको मृत्युले फिल्म क्षेत्रलाई ठूलो क्षति पुगेको ट्विटरमा लेखेका छन्।

 

त्यसैगरि, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले पनि उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

त्यसैगरि अक्षय कुमार, अजय देवगन, सोनु सुद, मनोज बाजपायी, सन्नी देवल र अनिल कपुर लगायतका कलाकारहरुले समेत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell