PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

सिंहदरबारमा केही मिनेट बसेर सकियो एमाले कार्यदलको बैठक, नेम्बाङ भन्छन्, 'सहमतिको लागि तयारी हुँदैछ'



सिंहदरबारमा केही मिनेट बसेर सकियो एमाले कार्यदलको बैठक, नेम्बाङ भन्छन्, 'सहमतिको लागि तयारी हुँदैछ'

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही बेर बसेर सकिएको छ। आजै फेरि बस्नेगरि बैठक सकिएको हो। सहमतिका लागि तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि बैठक सकिएको कार्यदलका सदस्य सुवास नेम्बाङले जानकारी दिए।

'सहमतिको लागि तयारी हुँदैछ। त्यसैका लागि फेरि आज बस्ने गरि बैठक सकिएको हो' नेम्बाङले दाबी गरे। बैठक आज साँझ ७ बजे बस्ने नेताहरुले बताएका छन्।

कार्यदलको बैठक सिंहदरवारमा बसेको थियो।

आजको बैठक सुरु हुनु अघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुबिच भेट भएको थियो। उक्त भेटबारे नेपाल समूहका कार्यदल संयोजक भीम रावल माधव नेपाललाई ब्रिफिङ गर्न कोटेश्वर पुगेका थिए। त्यसकारण निर्धारित समयभन्दा बैठक आज ढिला बसेको थियो। 

आजको बैठकमा एमाले विवाद समाधानका लागि सहमति गर्न बाँकी विषयमा छलफल हुने ओली समूहका कार्यदल संयोजक रहेका नेता सुवास नेम्बाङले बताएका छन्।

ओली-नेपालबिच बुधवार साँझ मेरियट होटलमा वार्ता भएको थियो। छलफल सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेपछि फेरस पनि कार्यदलमै सहमतिको प्रयास गर्न थालिएको हो।

एमालेलाई २०७५ जेठ २ को कमिटीमा फर्काउने, प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर बारे साझा धारणा बनाउने बारेमा बुधवारको बैठकमा सहमति भएको भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। कार्यदलले गरेका सहमतिलाई फेरि पनि ओली-नेपालले अन्तिम रुप दिने नेताहरुले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell